होमपेज / समाज

बलात्कार र यौन हिंंसाबाट बच्न छत्रेश्वरि ६ सय किशोरिले लिए आत्म सुरक्षा तालिम

  नबिन पौडेल २०७७ पौष २२ गते बुधबार ०९:५८:५७   ६९९० पटक हेरिएको

२२ पुस, सल्यान :
सल्यानको छत्रेश्वरी गाँपालिकाका ६ सय किसोरीहरुले आत्म सुरक्षा तालिम लिएका छन। यौन दुव्र्यवहार र बलात्कार हुनबाट बच्न उनिहरुले तालिम लिएका हुन।

गाउँपालिका अन्तरगतका नौ वटा माध्यामिक बिद्यालयमा आयोजना गरिएको कार्यक्रमबाट ६ सय जना किशोरिहरुको सहभागित रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले बताएका छन।

गाउँपालिकाको आर्थिक सहयोग र युथ्स अफ तुलसीपुरको ब्यबस्थापनमा बलात्कार , महिला हिंसा जस्ता घटनाहरु न्युनिकरण गर्न र यसबाट बच्न सकिने उपाय हरुको बारेमा किशोरी हरुलाई जनचेतना मुलक आत्म सुरक्षा कार्यक्रम प्रदान गरिएको हो।

सल्यानमै पहिलोपटक सन्चालन गरिएको यो कार्यक्रममा किशोरीहरुको आत्म सुरक्षा सम्वन्धी प्रारम्भिक टेकनिकहरु सिकाइएको थियो । सार्वजनिक यातायातमा यात्रा गर्दा वा अन्य स्थानहरुमा हिंडडुल गर्दा महिलाहरुमा माथि हुने यौन दुव्र्यवहारबाट आत्म रक्षा गर्ने सम्वन्धमा टेकनिक हरु सिकाएको युथ्स अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताएका छन। 

पछिल्लो समयमा बलात्कार तथा हिंसाका घटना हरु बढ्दै जादा किशोरिहरु असुरक्षित बन्दै गएका छ्न। साथिभाई , परिवार, नातेदार लगाएतका ब्यक्तीहरुबाट बलात्कार तथा हिंसाका घटनाहरु बढिरहेको भन्दै आफुहरुले अभियानै चलाई कार्यक्रम संचालन गरि कसरी आफ्नो सुरक्षा गर्ने र बच्नका लागि कसरी अपनाईने प्रयासहरुका बारेमा जानकारी दिने गरेको युथ्स अफ तुलसिपुरका अध्यक्ष वसन्त गिरिले बताए। हामिले ५ दिनमा नौ वटा  बिद्यालयमा पुगेर कार्यक्रम आयोजना गरेका छौ उनले भने।

कार्यक्रममा सहभागी शारदा माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा भगवती राणाले कार्यक्रमबाट महत्वपूर्ण सिकाइ भएको बताएकी छिन। हामिले आफ्नो सुरक्षा कसरी गर्ने र अफ्ट्यारोमा  सुरक्षित हुने विभिन्न तरिकाहरु सिक्न पाएको राणाले बताइन। 

पुस १५ गते त्रिभुवन जनता मावि भोटेचौरमा उद्घाटन भएको कार्यक्रमको समापन शारदा  मावि शंखमूलमा गरिएको हो। समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसिले छात्रा तथा महिलाहरुमा आत्मविश्वाश हुनुपर्ने र यौन दुव्र्यवहार विरुद्ध बोल्ने हिम्मत हुनु पर्ने धारणा राखेका थिए । छात्राहरु मार्फत गाउँघरमा समेत यस्तो सिकाइ तथा ज्ञानको प्रवाह होस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसिले बताए।

कार्यक्रममा शारदा मावि शंखमूलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले आइ क्यान डु भन्ने सोचलाई आत्मसात गर्दै आफ्नो सुरक्षा तर्फ ध्यान दिन सहभागी छात्राहरुलाई आग्रह गरेका थिए । गाउँपालिका उपाध्यक्ष सीता के.सी.ले पनि छात्राहरुको सुरक्षा र आत्मविश्वाशमा जोड दिएकी थिइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top