होमपेज / समाज

सल्यानमा तेश्रो बिबाह गर्ने वडा अध्यक्ष कान्छी श्रीमती सहित पक्राउ

  नबिन पौडेल २०७७ मंसिर १९ गते शुक्रबार १९:२८:०७   ३९६० पटक हेरिएको

१९ मङ्सिर, सल्यान :
सल्यानमा वडा अध्यक्ष पक्राउ परेका छन।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपीत दुबैजना लाई प्रहरी ले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली बताए ।
कुमाईले स्थानिय नोखबहादुर बोहोराकी श्रीमती ग्वाँमीलाई मंसिर १ गते भगाएका थिए । गौरीका ५ छोराछोरी छन भने, कुमाईका पहिलाकै २ श्रीमती बाट चार छोराछोरी छन । 

गौरी र कुमाइले क्रमशः ४६ र ५२ बर्षका उमेरमा बिहे गरेका हुन। गौरीलाई वडाध्यक्ष्य कुमाइले उपभोत्ता समितिमा नछुटाई राख्ने गरेका बताएको छ।कुमाई स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे नगरपालिका  वडा नं ९ बाट तत्कालीन माओवादी बाट निर्वाचित भएका थिए ।

याे बिहे सहित वडाध्यक्ष कुमाइकाे तेस्रो विवाह हो । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले गाैरीलाइ पनि श्रीमती थपेर तीनवटी श्रीमती बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top