होमपेज / समाज

सल्यानको श्रीनगरमा ३० जना कोरोना संक्रमीत भेटिए

  नबिन पौडेल २०७७ कार्तिक २८ गते शुक्रबार १९:२८:४४   ७१०० पटक हेरिएको

२८ कार्तिक, सल्यान :
सल्यानमा थप ३३ जना नया कोरोना संक्रमीत थपिएका छन।
थपिएका संक्रमीत मध्य अधिकाम्स श्रीनगर क्षेत्रका रहेको बताएको छ।

शारदा नगरपालिका स्वास्थ्य शाखाले बिहिवार सङ्कलन गरेको ४६ जना नगरवासी हरुको स्वाव परिक्षणको पछिल्लो रिपोर्ट मध्य ३३ जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरका कोरोना फोकल 
पर्सन रबिन बिष्टले जानकारी दिएका छन।

संक्रमीत मध्य नगरपालिकाको वडा नम्बर १ श्रीनगर क्षेत्रका ३० जना, वडा नम्बर ६ का २ र वडा नम्बर १४ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको बिष्टले तिखोखबरलाई बताए। संक्रमीत मध्य २ जना प्रहरी समेत रहेको बताएको छ।

कोरोना संक्रमीत हरुको सम्पर्कमा रहेका,विभिन्न क्षेत्रको अग्रमोर्चामा कृयाशिल र सर्वसाधारण हरुको स्वाव सङ्कलन गरिएको थियो।
कोरोना संक्रमनबाट एकजनाको मृत्यु भएपछी श्रीनगर क्षेत्र सिल गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top