होमपेज / समाज

पूर्वसभामुख महरा पत्‍नी सीताको निधन•

  नबिन पौडेल २०७७ कार्तिक १९ गते बुधबार ०८:४४:४३   २४६० पटक हेरिएको

१९ कार्तिक, काठमान्डौ:
पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । उपचारको क्रममा सीताको बुधबार बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको बताएको छ।

दसैँमा पुर्ख्यौली घर रोल्पा गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा सीतालाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top