होमपेज / समाज

लामोदुरिका यातायात, आन्तरिक हवाई उडान र होटेल रेस्टुरेन्टहरु असोज १ गतेबाटनै खुल्ने

  नबिन पौडेल २०७७ भाद्र ३० गते मंगलबार १९:४३:३४   ३०५० पटक हेरिएको

३० भदौ, सल्यान :
सरकारले लामो दुरीको यातायात सेवा असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने र यातायात व्यवसायीहरुले सिट क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गजर्न दिने निर्णय गरेको हो ।

त्यसै गरी सरकारले आन्तरिक हवाई सेवा र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नु पर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top