होमपेज / समाज

मुक्तिनाथ बिकास बैंकद्वारा एक मृतकको ऋण मिनाह

  तिखो खबर २०७७ भाद्र १८ गते बिहीबार ११:३१:२८   २०९० पटक हेरिएको

१८ भदौ, सल्यान :
मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिउदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दिपा रावतको बिरामी भएर ३९ बर्षको उमेरमा मृत्यू भएकोले बैकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवाव्याज तथा काज क्रिया बापतको रकम समेत हस्तान्तरण गरेकोछ ।

बैंकले तिरिसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार हस्तान्तरण गरेको छ । त्यस्तै, उनले तिर्न बाँकी रहेको कर्जा १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको छ ।

 उक्त रकम स्वर्गिय दिपा रावतको श्रीमान तिलक राम रावतलाई शारदा नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष तुल्सीराम रावतद्धारा रावतको घरमा पुगि हस्तान्तरण गरेको हो । यस अघि पनि उक्त बैंकले करीव ६ लाख बराबरको ऋण मिनाह तथा राहत वितरण गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top