होमपेज / समाज
१३ भदौ, सल्यान :
सल्यानका प्रमुख जिल्ला अधिकारी (सिडियो) शिवराम पोखरेलको सरुवा भएको छ। उनको काभ्रेपलान्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको गृह मन्त्रालय श्रोतले जनाएको छ।
पोखरेलले गत माघ २९ गतेदेखि सल्यानको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए। पोखरेलको करिब सात महिनामै सरुवा भएको हो। पोखरेलले सल्यानको शान्ती सु ब्यबस्था निकै मजबुत गराएका थिए। कोरोना भाइरस कोभिड १९ को महामारीमा समेत पोखरेलले उत्कृष्ट कार्य गरेको जिल्लाबासी बताउछन।
सल्यानको प्रमुख जिल्ला अधिकारीको रुपमा अब हेमराज तामाङ आउने भएका छन।तामाङ मन्त्रालयमा सह सचिबको रुपमा कार्यरत रहेका थिए।