होमपेज / समाज

सवारी दुर्घटनाबाट सल्यानमा १ बर्षमा १५ जनाको मृत्यु

कारबाहिबाट ३२ लाख बढी राजस्व संकलन

  नबिन पौडेल २०७७ श्रावण ७ गते बुधबार १२:०६:५९   २३४० पटक हेरिएको

७ साउन, सल्यान :
सल्यानमा एक बर्षको अबधीमा सडक दुर्घटनामा परि १५ जनाले ज्यान गुमाएका छन।जिल्लामा भएका सानाठुला ६८ वटा दुर्घटनाबाट १५ जनाले ज्यान गुमाएका हुन। ज्यान गुमाउने १० पुरुष र ५ महिला रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ।

एक बर्षको अबधिमा बस ८,ट्रक ६,जिपकार १७, ट्याक्टर १० र २७ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख सन्दिप बिकले बताएका छन।आर्थिक बर्ष ३०७५/०७६ को भन्दा गत आर्थिक बर्ष  २०७६/०७७ मा दुर्घटनामा कमि आएको र २०७५/०७६ मा दुर्घटनाबाट १८ जनाले ज्यान गुमाएको उनले बताए।

आर्थिक बर्ष २०७६/०७७ मा सल्यानमा भएका ६८ वटा दुर्घटनाबाट १ सय १९ जना घाइते भएका छन। जसमा ७ जना सक्त र १ सय १२ जना सामान्य घाईते भएका हुन।जसमा ७१ जना पुरुष, ३८ जना महिला, ७ जना बालक र ३ जना बालिका रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ। 

बर्षभरिको कारबाही संख्या यस्तो छ
सल्यानमा ३ हजार ६ सय ६३ सवारीसाधन कारबाहीमा परेका छन।
एक बर्षको अन्तरालमा उक्त संख्यामा सवारीसाधन कारबाहीमा परेका हुन।बिना लाइसेन्स सवारी चलाएका,मापसे गरेर सवारी चलाएका,बिलबुल नवीकरण नगरिकनै सवारी चलाएका,जथाभावी नियम बिपरित चलाएका सवारी साधनहरुलाई कारबाही गरिएको ट्राफिकले जनाएको छ।

कारबाही अन्तरगत ६ सय ६५ वटा बस, ५ सय २२ वटा ट्रक, ७ सय १६ वटा जिपकार, ३ सय ५२ वटा ट्याक्टर र १४ सय ३८ वटा मोटरसाइकल रहेको जिल्ला ट्राफिक प्रमुख बिकले। कतिपय सवारी साधनहरु बारम्बार कारबाहिमा समेत पर्ने गरेको उनले बताए। जरिवाना काटेर छोडेपनी बारम्बार तिनै सवारी साधनहरु कागजात नपुर्‍याएर गुडाउने गरेका कारण कारबाहिमा पर्ने गरेको उनको भनाई छ।

कति उठ्यो राजश्व ?

सवारी कारबाहीबाट एक बर्षको अबधीमा ३२ लाख ६६ हजार रुपैयाँ  राजश्व संकलन भएको छ।विभिन्न शिर्षकको कारबाहिबाट उक्त रकमको राजश्व संकलन भएको हो।२०७५/०७६ भन्दा गत आर्थिक बर्षमा राजश्वमा कमि आएको छ।२०७५/०७६ मा ५६ लाख ५५ हजार ५ सय      राजश्व संकलन भएको थियो। सरकारले गरेको लकडाउनका कारण सवारी साधन नचलेपछी कारबाही र राजश्व कमि आएको जिल्ला ट्राफिक प्रमुख बिकले तीखो खबरलाई बताए।

सल्यान ट्राफिकले सबैभन्दा बढी मोटरसाइकलको जरिवानाबाट १३ लाख २४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। त्यस्तै बसबाट ५ लाख ६० हजार, ट्रकबाट ४ लाख ५४ हजार ५ सय, जिपकारबाट ६ लाख २३ हजार ५ सय र  ट्याक्टरबाट ३ लाख ४० हजार रुपैयाँ जरिवाना स्वरुप संकलन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top