होमपेज / राजनीति

दाङ ३ (ख) मा नेकपा विजयी

तिखो खबर २०७६ मंसिर १६ गते सोमबार ०७:०३:५४ मा प्रकाशित     ९० पटक हेरिएको

१६ मङ्सिर :
दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ ।

गएराति सम्पन्न मतगणना अनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्रीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । घर्तीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् ।

यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले २२५ मत ल्याए ।

विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीकी जीवन संगिनी हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित उत्तर कुमारको सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा नेकपाले उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top