होमपेज / राजनीति

कास्की २ मा नेकपाकि बिद्या भट्टराई विजयी

तिखो खबर २०७६ मंसिर १५ गते आइतबार १९:२३:४२ मा प्रकाशित     ११७ पटक हेरिएको

१५ मङ्सिर :
कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी भएकि छन।प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

पर्यटनमन्त्री समेत रहेका स्वर्गिय रवीन्द्र अधिकारीको निधनपछि भएको उप निर्वाचनमा उनकी पत्नी विद्या भट्टराईले नेकपाको साख जोगाउदै भारी मतान्तरले विजयी भएकी हुन् । 

यसअघिको निर्वाचनमा स्वर्गिय अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मतपरिणाम भने निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top