होमपेज / राजनीति

चितवनमा नेकपालाई धक्का,३ वटै वडामा कांग्रेस विजयी

तिखो खबर २०७६ मंसिर १५ गते आइतबार ०९:१३:३२ मा प्रकाशित     १० पटक हेरिएको

१५ मङ्सिर चितवन :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजित भएका छन। 

यसअघि एमालेले एक्लैले जितेका वडामा समेत माओवादी र एमाले मिल्दासमेत कांग्रेसले जित हात पारेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भए ।

नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराए । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराज ले २८७५ मत प्राप्त गरे । 

तत्कालीन एमालेले एक्लैले जितेको ठाँउमा माओवादी केन्द्र मिल्दासमेत पार्टी उम्मेदवार पराजय भएको भनेर जिल्लामा नेतृत्वको आलोचना भएको छ । वडा नं १६ राष्ट्रिय सभाकी सांसद पार्वती रावलको वडा समेत हो ।

उता, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् ।खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् ।

खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराइन् नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

 चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिका नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top