होमपेज / राजनीति

सल्यानमा मतदान सम्पन्न ,६१ प्रतिशत मत खस्यो

तिखो खबर २०७६ मंसिर १४ गते शनिबार १७:३९:५७ मा प्रकाशित     ८१ पटक हेरिएको

१४ मङ्सिर सल्यान :

सल्यानको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । 

शनीबार जिल्लाको कुमाख गाउपालिका वडा नम्बर ५ मा सम्पन्न भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा कुल मतदाताको ६१ दशमलब १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।

जस अनुसार  १ हजार १ सय २४ मत खसेको बताएको छ।उपनिर्वाचन भएको उक्त वडामा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।

उक्त वडाको सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलको (क )केन्द्रमा पुरुष २ सय ८१ र महिला ३ सय १२ गरेर जम्मा ५ सय ९३ र( ख) मतदान केन्द्रमा पुरुष २ सय ४३ र महिला २ सय ८८ गरेर जम्मा ५ सय ३१ मत खसेको हो।

वडा अध्यक्षको लागि सम्पन्न निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी (ज्वाला ) नेपाली काँग्रेसको तर्फबाट खड्ग बहादुर बोहरा र राप्रपाको तर्फबाट गोपाल शाह उम्मेदवार रहेका छन।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म मतदान भएको थियो । निर्वाचन शान्तिपुर्न ढङ्गले सम्पन्न भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top