होमपेज / राजनीति

सल्यानको कुमाख ५ मा अहिले मतदान हुदै

तिखो खबर २०७६ मंसिर १४ गते शनिबार ०७:४१:०४ मा प्रकाशित     १२६ पटक हेरिएको

१४ मङ्सिर :

सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा आज मतदान हुदैँ छ ।
रिक्त वडा अध्यक्ष पदका लागी अहिले मतदान सुरुहुुुन लागेको हो।

वडा अध्यक्ष पद लागि हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फ बाट गोपाल शाहले उम्मेदवारी दिएका छन् । 

निर्वाचन हुन लागेको उक्त वडामा १ हजार ८ सय ३९ मतदाता रहेका छन् । सरस्वती माध्यमिक विद्यालय झारकाँडालाई मतदान स्थल तोकिएको छ । क मतदान केन्द्रमा ९ सय ५२ र ख मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।

यसैगरि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ ।

निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन। उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top