होमपेज / राजनीति

सल्यानमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले दिए राजिनामा

तिखो खबर २०७६ मंसिर १ गते आइतबार १९:१०:५५ मा प्रकाशित     ९०१ पटक हेरिएको

१ मंसिर सल्यान :

सल्यानका एकजना वडा अध्यक्षले राजिनामा दिएका छन् । 
जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश कुमार बिएमले आफ्नो पदबाट राजीनामा दिएका हुन।

२८ वार्षिय बिएमले राजिनामा दिएपछि उनी शिक्षण पेशामा प्रवेश गरेका छन।शिक्षक सेवा आयोगले लिएको प्राथामिक तहको परिक्षामा मुस्ताङबाट स्थायी शिक्षकमा नाम निकालेपछि उनले वडा अध्यक्षको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित बिएमले गत बुधबार गाउ कार्यपालिकाको बैठकमा उपस्थित भई राजिनामा दिएको बताएको छ।बिएमले दिएको राजिनामा स्वीकृत गर्दै जेष्ठ सदस्य बिरबहादुर खड्कालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको र खड्काले बिहीवार देखिनै कार्यभार सम्हालेको गाउँपालिकाले जनाएको छ।

वडाध्यक्षबाट राजिनामा दिएका बिएमले अब राजनीतिमा नफर्किने बताएका छन् । उनले शिक्षक भएरै आफुले समाजसेवा गर्ने बताए । 
वडा अध्यक्षमा न त अधिकार देखियो न सुविधा नै ,जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर आफुले शिक्षण पेशा रोजेको बिएमले बताएका छन।

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा बिएम रोचक तरिकाले नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्बाचित भएका हुन् । बिएम र उनका प्रतिद्वन्द्वी तत्कालिन एमालेका उमेदवार देबेन्द्र राेकाले बराबर मत ल्याएका थिए । दुबैले समान ३ सय २१ मत ल्याएपछि गोलाप्रथा गराएको थियो।गाेलाप्रथाबाट बिएमनै अध्यक्षमा निर्वाचिन भएका थिए । 

नेपाली कांग्रेसले उक्त गाउँपालिकामा एउटा मात्र वडा जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top