होमपेज / राजनीति

नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रमुखहरुको नाम

तिखो खबर २०७६ कार्तिक १८ गते सोमबार १४:१४:१४ मा प्रकाशित     १४४ पटक हेरिएको

१८ कार्तिक काठमाडौ :
नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । आज सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ ।मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिइएको भन्नेचाहिं खुलाइएको छैन ।सरकारले आइतवार सातै प्रदेशका प्रमुखलाई एकसाथ बर्खास्त गरेको थियो । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै जनालाई सरकारले एकसाथ हटाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top