होमपेज / राजनीति

सल्यान दमाचौरका १९ जना नेकपाका नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

तिखो खबर २०७६ आश्विन २८ गते मंगलबार १६:०२:०२ मा प्रकाशित     १८०९ पटक हेरिएको

२८ असोज सल्यान : नेकपा परित्याग गरि सल्यानमा १९ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन।जिल्लाको छत्रेश्वरि गाउँपालिका वडा नम्बर १ का नेकपाका स्थानीय युबा नेता तथा कार्यकर्ताहरु मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन।

प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति (ख)को कार्यालय श्रीनगरमा आएर उनिहरुले पार्टी प्रवेश गरेको क्षेत्रीय सदस्य राजेश घर्तीले बताएका छन।

गाउँपालिकाको वडा नम्बर १ का वडा सदस्य प्रकाश हमालको अगुवाईमा आएका उनिहरुलाई क्षेत्रीय सभापती सन्तोष केसिले टीका लगाई सदस्यता प्रदान गरेका हुन।

साबिक नेकपा एमाले र माओबादी केन्द्रमा लामो समयसम्म  राजनिती गरेर विभिन्न पदमा रहेका उनिहरुले दुई पार्टी मिलेर नेकपा बनेपछी नेकपाको गतिबिधी र नेताहरुको अबिस्वासका कारण नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन।

नेकपाको बहुमतको सरकार भएतापनी सरकारले जनताका सामाजिक कार्यहरू गर्न नसकेको उनिहरुले आरोप लगाएका छन।नेकपाले जनतालाई झुक्याईरहेको दाबी गर्दै उनिहरुले अब जनताको आबस्यकता नेपाली कांग्रेसले मात्र पूरा गर्ने धारणा राखे।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समिती (ख) सल्यानका सभापती सन्तोष केसिले कांग्रेसले दिनप्रतिदिन जनताको मनजित्दै गएका कारण प्रवेश गर्नेको संख्या बढेको बताएका छन।

छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष समेत रहेका केसिले नेकपाको बहुमतको सरकार भएतापनी जनताका आधारभुत आबश्यकताका कार्य र सामाजिक कार्यहरु सन्तोष जनक तरिकाले गर्न नसकेका कारण जनताहरु नेकपा संग रुष्ट भएको दाबी गरे।

कार्यक्रममा दिपक कुमार शर्मा,काली प्रसाद भन्डारी,सुधन श्रेष्ठ लगाएतकाले नबप्रबेसी हरुलाई मन्तब्य द्वारा स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top