होमपेज / राजनीति

तरुणदल सल्यानले संगठन बिस्तारलाई तिब्रता दियो,नेकपा छोडी कांग्रेसमा प्रवेश गर्नेको लर्को

तिखो खबर २०७५ फाल्गुण २५ गते शनिबार २०:३३:४२ मा प्रकाशित     १३३३ पटक हेरिएको

२५ फागुन सल्यान :
नेपाल तरुनदल सल्यानले संगठन बिस्तारको कार्यलाई तिब्रता दियको छ।शनिवार जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानिकोटमा तरुणदल वडा कार्य समिती बिस्तार गरिएको हो।

रोशन बिस्टको अध्यक्षतामा २७ सदस्यीय वडा कार्य समिति बिस्तार गरिएको हो।जसको उपाध्यक्षमा शिव प्रशाद बोहरा, सचीवमा सन्जिब बिस्ट ,कोषाध्यक्षमा बिकास, भन्डारी र सहसचिवमा दिपक राना सहित २७ सदस्यीय कार्यसमिती बिस्तार भयको हो।

तरुणदल वडा सभापती  तथा स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित प्रदिप शाहीको अध्यक्षतामा सम्पन्न कार्यसमिती बिस्तार कार्यक्रम तरुनदल सल्यानका अध्यक्ष सन्तोस केसि को प्रमुख आतिथ्यतामा सम्पन्न भयको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसिले दरुनदल कांग्रेसको नर्सरी तथा मेरुदण्ड भयकाले राजनितीक जग बनाउन तरुणदल अवस्यक रहेको बताएका छन।तरुणदलले नेपाली राजनितीको कालखन्डमा तथा सामाजिक हितका बिषयमा महत्त्वपुर्ण योगदान रहेको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सल्यानका सभापती समेत रहेका केसिले सरकारले कांग्रेसलाई अबहेलना गरि जिस्काइ रहेको बताए।कुनैपनि हालतमा नेकपा र सरकार संग नझुक्न उनले निर्देशन समेत गरेका छन।

कार्यक्रममा तरुणदलका कार्यबहाक अध्यक्ष सबिन हमाल,कोषाध्यक्ष सुबास बस्नेत रोसन बिष्ट,मोहन बिष्ट,यक्ष बहादुर शाहि,रेसम बहादुर शाही लगाएतकाले मन्तव्य बेक्त गरेका थिए।


नेकपा परित्याग गरि कांग्रेसमा प्रबेस
तरुणदलै कार्यक्रममा नेकपा परित्याग गरि आधा दर्जनले कांग्रेसमा प्रबेस गरेका छन।नेकपाले बारम्बार जनतालाई झुक्याउने गरेकाले आफुहरुले नेकपा परित्याग गरि कांग्रेसमा प्रबेस गरेको उनिहरुले बताएका छन।
नेपालमा बिकास र जनताको निम्ति लड्ने पार्टी कांग्रेस मात्र रहेको उनिहरुले बताए।कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय सभापती सन्तोस केसि वडा नम्बर ५ का अध्यक्ष प्रदिप शाही लगायतकाले पार्टीको सदस्यता प्रदान तथा टीका लगाई पार्टी प्रबेस गराएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top