होमपेज / राजनीति

तरुण दलले सुर्खेतमा सरकार बिरुद्ध प्रदर्शन गर्यो।

तिखो खबर २०७५ माघ १४ गते सोमबार १०:४५:०८ मा प्रकाशित     ५६१ पटक हेरिएको

सुर्खेत माघ १४

नेपाल तरुण दल केन्द्रिय कार्य समितिले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आईतबार तरुण दलका केन्द्रिय समितिको आयोजनामा तथा नेपाल तरुण दल जिल्ला कार्य समिति सुर्खेतको संयोजनमा तरुण दलका केन्द्र स्तरका नेता लगायत कर्णाली प्रदेशका विभिन्न तरुण नेताहरुको सहभागितामा प्रदेश स्तरिय विरोध कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सरकार विरुद्ध विभिन्न नाराहरु सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनमा हत्या हिंसा बन्द गर, सरकार भेट्टीयो तर न्याय भेट्टीएन, भष्टचारी मन्त्री राजिनामा दे लगायतका विभिन्न नाराहरु लागाएकाे थियाे ।

नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको उक्त विरोध र्याली मंगलगढी चोक हुदै बजार परिक्रमा गरेर पिपल चौतारीमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा तरुण दलका नेताहरुले सरकार विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top