होमपेज / राजनीति

सल्यान उद्योग बाणिज्य संघमा यी हुन संयुक्त प्यानलका उम्मेद्बार

  नबिन पौडेल २०७७ फाल्गुण १९ गते बुधबार १९:४०:५१   ८८५० पटक हेरिएको

१९ फागुन, सल्यान :

सल्यान उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि संयुक्त ब्यबसायि प्यानलबाट २१ जनाले उम्मेदवारी दिएका छ्न। आउदो २९ गते हुने संघको निर्वाचनमा २१ पदकालागि संयुक्त व्यवसायिक प्यानलका २१ जना व्यवसायिले उम्मेद्बारी दिएका हुन ।

संयुक्त व्यवसायि प्यानललाई नेपाली कांग्रेस, नेकपा (केपि ओलि) समूह र राप्रपाको समर्थन रहेको छ। व्यवसायिक हकहितका निम्ति तीन पार्टी मिलेर संयुक्त प्यानल बनाएको नेपाली कांग्रेसका शारदा नगर सभापती सचेत शाहले बताए।

संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा कुमार बुढाथोकी, वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, बानिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, सचीवमा सुरेश केसि, कोषाध्यक्षमा सुरेन्द्र बुढाले उम्मेद्वारि दिएका हुन।

यस्तै महिला सदस्य पदमा अमृता कुमारी बोहरा, सरिता रावल गिरि र लक्ष्मी सार्की,दलित सदस्य अर्जुन नेपाली,जनजाती सदस्य कमल घर्ती, अल्पसंख्यक सदस्य जब्बर अलि, बस्तुगत सदस्यमा मेघराज सुनार, खुल्ला सदस्य निर्मल कुमार शर्मा, सोबाराम बस्नेत, भिम बहादुर ओलि, निम बहादुर रोका, तेज बहादुर खड्का, जय कृष्ण शर्मा र झग्गु प्रसाद रावतले उम्मेद्वारि दर्ता गरेको नेकपाका नेता महेश देबकोटाले तीखो खबरलाई जानकारी दिए।

निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको छ । यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ निर्वाचन संयोजक बिरबहादुर सेजवालले बताएका छ्न। यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको र  २ हजार ३ सय ३८ जनाले मतदानमा भाग लिदै छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

Top