होमपेज / राजनीति

संंसद पुनर्स्थापनाको पक्षमा सर्बोच्च अदालतको फैसला, संंसद बैठक १३ दिनभित्र बोलाउन सर्बोच्चको परमादेश

  नबिन पौडेल २०७७ फाल्गुण ११ गते मंगलबार १८:२५:०५   १७८० पटक हेरिएको

११ फागुन:
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।

सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा 'ब्युँतिएको' छ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए। फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top