होमपेज / राजनीति

नेकपा (प्रचण्ड- माधब) समुहको सल्यान अध्यक्षमा श्रेष्ठ, छ्हारी भन्छ्न आधिकारिक अध्यक्ष मै हु'

  नबिन पौडेल २०७७ फाल्गुण १० गते सोमबार १७:४२:२९   ७२५० पटक हेरिएको

१० फागुन, सल्यान :
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले सल्यान सहित ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। उक्त पक्षले सोमबार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो।

नेकपा ‘प्रचण्ड- माधब’ समुहको सल्यानको अध्यक्षमा धिरेन्द्र श्रेष्ठ चयन भएका छन । सल्यानमा यस भन्दा पहिलाका अध्यक्ष गोबिन्द पुन केपि ओली समूह तर्फ लागेपछि उनको ठाँउमा पूर्व एमाले बाटै अध्यक्ष चयन गरिएको हो । श्रेष्ठ पूर्व एमाले नेता हुन भने सचीवमा पूर्व माओवादी केन्द्रबाट चयन भएका कर्णबहादुर बुढाथोकीलाई नै निरन्तरता दिइएको छ ।

यता सचीवमा चयन भएका कर्ण बहादुर बुढाथोकी ( छहारि)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन।  सामाजिक संजाल फेसबुकमा आफ्नो स्टाटस लेख्दै छ्हारिले सल्यान जिल्लाको आधिकारिक र अनुमोदित अध्यक्ष आफूनै रहेको दाबी गरेका छन। उनले
सहिद हरुको रगतको अबमुल्यन र ईमानदार कार्यकर्ताको ब्यवास्था भएको भन्दै आपत्ति जनाएका छ्न।

अल्पमतले ३०-७०% बहुमतको भावनालाई कुल्चिदै पार्टी चलाउने कुरा के संभब छ? भनेर छहारिले प्रश्न गरेका छ्न। कति विधि र बिधान सम्बत छ" यस्तो निर्णयले कम्युनिस्ट पार्टी विघटन तिर जाने भन्दै उनले निर्णय सच्चाउन अनुरोध गरेका छ्न। इमान्दार र सच्चा क्रान्तिकारिहरु एकजुट भएर सबैखाले खराबिका बिरुद्ध डटेर संघर्ष गरौ स्टाटसमा लेखिएको छ। निर्नय दु:खद छ" आपत्ती जनक छ" उनले लेखेका छ्न।


•यस्तो छ कर्ण बहादुर छ्हारिले लेखेको स्टाटस...

आदरणिय /प्रिय कमरेडहरु
आज मिडियाहरु ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्ष ले भिभाजन पछि को रीक्त पद पुर्ति गरेको कुरा सहित २०७७/११/०७को परिपत्र सार्बजनिक गरेको पुष्टि दिएकोछ।
 उक्त परिपत्र मा मेरो नाम सल्यान जील्ला पार्टी कमिटी को सचिब मा राखेको पाईयो ।यश प्रति मेरो ध्यानकार्षण भएको छ। यो निर्णय दुःद छ,आप्तिजनक छ। सहिदहरुको रगतकोअबमुल्याण र ईमान्दार का्र्यक्रता को बेवास्ता भएकोछ ।अल्पमत ले (30% ले 70%)बहुमतको भावना लाई कुल्चदै पार्टी चलाउने कुरा केसमभबछ?
 कति बिधि र बिधान सम्बत छ ?त्यसैले समग्रमा यस्तो निर्णयले कम्युनि पार्टी बिघटन तिर लिदैछ । यो निर्णय सच्याउन समबन्धि निकायलाई अनुरोध गर्दै, 
सल्यान जील्लाको अधिकारीक र अनुमोधित अध्यक्ष म नै भएको ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु । साथै ईमान्दार सच्चा क्रान्तिकारीहरु एकजुट भएर  सबै खाले खराबिको बिरुध्द डटेर संघर्ष गरौं।         अध्यक्ष  नेपाल कम्युनिष्ट पार्टी((नेकपा)                सल्यान ।      
                 कर्ण बहादुर बुढाथोकी(छहारी)

प्रतिक्रिया

सम्बन्धित खवर

Top