होमपेज / राजनीति
३ फागुन :
नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दै भएको छ । संसद विघटन गर्ने केपी ओलीको कदम विरुद्ध कांग्रेसले सल्यान सहित ७७ जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला कार्य समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।
सल्यानको बिरोध सभा सदरमुकाम खलंगामा हुने नेपाली कांग्रेस सल्यानले जनाएको छ। बिरोध सभामा उपस्तित हुन क्षेत्रीय सभापती सन्तोष केसिले सबैमा अपिल गरेका छ्न।