होमपेज / राजनीति

सल्यानको पटनेरिमा नेकपालाई झड्का, ६२ जना नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रबेश

  नबिन पौडेल २०७७ माघ १६ गते शुक्रबार १९:१८:११   ६३८० पटक हेरिएको

१६ माघ, सल्यान :
सल्यानमा नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ। सरकार र नेकपा प्रति आशा हराउदै गएका कारण पार्टी प्रवेश गर्नेको लर्को लागेको हो।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ स्थित पटनेरी क्षेत्रका ६२ जना नेकपा नेता कार्यकर्ताहरु शुक्रवार नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न। लामो समयसम्म नेकपामा राजनिती गरेका र विभिन्न समयमा नेकपाबाट उम्मेदवार बनेका   सहित ६२ जना ब्यक्ति कांग्रेसमा प्रबेश गरेको शारदा नगर कार्यसमितिका सभापती सचेत शाहले बताएका छ्न।

नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्द, शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारि, नगर सभापती सचेत शाह लगाएतका नेता हरुको उपस्थितीमा पार्टी प्रवेश गराएको हो। 

हामी लामो समयसम्म साबिक एमाले, माओबादी हुँदै नेकपामा  बस्यौ" तर नेकपाले जन भाबना अनुसार काम गर्न सकेन" त्यसैले आफुहरुले नेपाली कांग्रेसमा प्रवेश गरेको नब प्रवेशि हरुले बताएका छन।

बिकासका नाममा जनतालाई बारम्बार झुक्याउने र जनताका न्युनतम आबस्यकता हरु पूरा गर्न नसकेका कारण कांग्रेसमा प्रवेश गरेको नब प्रवेशि जगन्नाथ बुढाथोलीले बताए। हामी बारम्बार जनताका अधिकार र विकासका पक्षमा लाग्यौ , तर हामिलाई नेकपाले खेलौना बनाएको अर्का नब प्रवेशि अम्बिका घर्तीले बताइन। घर्ती २०५४ सालको स्थानिय निकायको निर्वाचनमा साबिक खलंगा गाबिसको वडा ३ मा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचीत भएकी थिइन।

कार्यक्रममा बोल्दै नेपालि कांग्रेस सल्यानका सभापति गणेश चन्दले नेकपा सरकारले प्रतिनिधि सभा बिघटन गरेर संविधानको हत्या गरेको बताए। कांग्रेस अहिले सडक आन्दोलनमा छ त्यसैले जनता कांग्रेसको पक्षमा रहेको जिकिर गरे। 

प्रवेश कार्यक्रममा बल्दै शारदा नगरपालिकाका नगर प्रमुख एबम नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सदस्य सुरेश अधिकारीले अहिले मुलुकमा भैराखेको परिस्थिति लाई नेपाली कांग्रेसले मात्रै सम्बोध गर्न सक्ने बताए। सबैको एकता र सहकार्य भएमा गाउँ, टोल, हुँदै देशनै समृद्ध हुने बिचार ब्यक्त गरे। नेपाली कांग्रेस बर्षौ देखि जनताका हरेक आबस्यकता पुर्ती गर्दै आइरहेको भन्दै अधिकारिले कांग्रेस सधै जनताको पक्षमा हुने बताए। केपि ओलि सरकारले प्रतिनिधि सभा विघटन गरेर जनताप्रती अन्याय र कुठाराघात गरेको भन्दै नेपाली कांग्रेसको बाटोमा लाग्न सबैलाइ अपिल गरे।

शारदा नगर कार्यसमितिका सभापती सचेत शाहले नेपाली कांग्रेस सबैलाई समेट्ने पार्टी भएकाले गोलबद्द हुन अनुरोध गरे। विधि बिधान र पद्धति बाट संचालन भैराखेको नेपाली कांग्रेस सबैलाई समेट्ने बिश्वास ब्यक्त गरे। म नगर सभापती हु"  कांग्रेस बाट हुने सहयोग समान तरिकाले हुन्छ उनले भने"।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top