होमपेज / राजनीति

सल्यानमा कांग्रेसको शक्ति प्रदर्शन, प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजे- नेताहरु

  नबिन पौडेल २०७७ पौष २५ गते शनिबार २०:३८:५०   ५०२० पटक हेरिएको

२५ पुस, सल्यान :
नेपाली कांग्रेस सल्यानले आज बिरोध सभा तथा प्रदर्शन गरेको छ।
सल्यानका दुई वटै प्रदेश सभा क्षेत्रीय कार्यसमिति हरुको आयोजनामा 
बिरोध सभा सम्पन्न भएका हुन। प्रदेश सभा (क) ले श्रीनगर र (ख) ले थारमारेमा सभाको आयोजना गरेका हुन।

कांग्रेसले आज देशभर बिरोध प्रर्दशन गर्ने क्रममा सल्यानका दुईवटै निर्बाचन क्षेत्रमा विरोध प्रर्दशन गरिएको क्षेत्रीय सदस्य मेघराज भन्डारिले बताएका छन। श्रीनगर र थारमारेमा र्याली सहित भब्य बिरोध सभा गरेका छौ उनले भने।

श्रीनगरमा भएको बिरोध सभामा बोल्दै नेपाली काँग्रेसका पुर्ब केन्द्रिय सदस्य सदस्य डिल्लीराज रेग्मीले लोकतन्त्रको रक्षाको लागि नेपालि काङ्ग्रेस सिपाही भएर लडिरहेको र केपि शर्मा वलीको लोकतन्त्र लाई सखाप पार्न योजनालाई सफल हुन नदिने बताए ।

खडक प्रसाद वली जि जत्ती जेल बसेको हु भने पनि नेपालको सुसासन तथा बिकासको लागि १४ बर्ष जेल नबसेको उनीले बताए। लामो समय पछि संविधानको जन्म भएको र यसलाइ हुर्काउन नपाउदै हालका प्रधानमन्त्रीले हत्या गर्न खोजिरहेको र यसै संविधानलाई बचाउन नेपाली जनता एक भएको बताए ।

बिरोध सभामा कार्यक्रमका सभापति सन्तोष केसीले प्रचण्ड माधब नेपालले गरिरहेको आन्दोलन हास्यास्पद रहेको र प्रचण्ड माधबहरुबाटै पनि संविधान,लोकतन्त्र खतरामा परेको भन्दै अब अगाडि बढ्ने पालो नेपाली जनताको भएको बताए । आखिर नेपालमा सुब्यबस्था हुन्छ भनेर नै जनता ठूलो पार्टी बनाएर पठाए पनि आखिरमा उनिहरुले जनतालाई ठूलो धोका दिएको बताए । यो अफ्ठेरो परिस्थितिमा नेपाली काङ्ग्रेस एक भएको र लोकतन्त्रको सुरक्षीत पार्ने केसीले बताए । 

बिरोध सभामा नेपाली काङ्ग्रेसका जिल्ला नेताहरु गणेश चन्द, केश बहादुर बिष्ट, तुलसीराम बस्नेत, प्रेम बहादुर डाँगी , सुरेश अधिकारी, लोकराज आचार्य, सीता केसि, साबित्रा बस्नेत, पदम बुढाथोकी, दिपक शर्मा, कमान सिंह डाङी, मीन बहादुर सेन, सचेत शाह, सबिन हमाल, लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यता थारमारेमा भएको कार्यक्रममा पुर्ब शिक्षा मन्त्री राजेन्द्र बहादुर शाहले सम्बोधन गरेका छन। सभालाई सम्बोधन गर्दै शाहले अब जनता र लोकतन्त्रको रक्षाको लागी काङ्ग्रेसले आन्दोलन गरिरहरेको छ , यो आन्दोलनलाई सामान्यरुपमा नलिन सरकारलाई चेतावनी दिए । साच्चिकै केपि सरकार जनताको हक,हितका बिरुद्धमा अगाडि बढिरहेकोले आमजन समुदायको साथ र सहयोग नेपाली कांग्रेसले खोजिरहेको उनले बताए ।कार्यक्रमको अध्यक्षता सभापति गोरख केसिले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top