होमपेज / राजनीति

कर्णालीका २ मन्त्री सहित तीन सांंसद प्रचण्ड- नेपाल समुहमा

  नबिन पौडेल २०७७ पौष १९ गते आइतबार १६:०२:४७   २१९० पटक हेरिएको

१९ पुस, सुर्खेत :
कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिएकिछन।

दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।
तीन जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । 

सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top