होमपेज / राजनीति

नेकपा सल्यानको गड झिम्पेका ७५ जना नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

  नबिन पौडेल २०७७ पौष १४ गते मंगलबार ०८:१५:५२   ९५८० पटक हेरिएको

१४ पुस, सल्यान :
नेकपाको गड मानिने झिम्पेमा नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ। जिल्लाको छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर- ४ स्थित जयचौर क्षेत्रका नेकपा नेताकार्यकर्ता नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन।

सोमबार जयचौरमा आयोजित कार्यक्रममा उक्त स्थानका विभिन्न टोलका ७५ जना नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मेघराज भन्डारिले जानकारी दिएका छ्न।

महासमिती सदस्य एबम जिल्ला समन्वय समिती सल्यानका अध्यक्ष केशबहादुर बिष्ट र नेपाली कांग्रेसका क्षेत्रीय सभापती एबम छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसि लगाएतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रवेश गराएका हुन।

नेकपाले जनताको मत गुमाइसकेको र बारम्बार जनतालाई खेलौना बनाएका कारण आफुहरु कांग्रेसमा प्रवेश गरेको नबप्रवेसि हरुले बताएका छन। नेकपा सत्ताको भोगी मात्र रहेको भन्दै जनताका काम भन्दा ब्यक्तिगत काममा हाबी भएको उनिहरुको भनाई छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्टले नेकपा सरकारले अहिले गरेको कदमले देश संकटतर्फ धकिलिले बताएका छ्न। सरकारले अहिले जे गर्यो देश र जनताप्रति धोका र गद्दार गर्यो" उनले भने । लोकतन्त्र, गणतन्त्र बचाउन सकिन्न कि भन्ने कांग्रेसलाई चिन्ता रहेको भन्दै उनले नेकपाको बहुमतको दम्भ सकिएको बताए।

छत्रेश्वरि गाउँपालिका अध्यक्ष एबम नेपाली कांग्रेस (ख) का सभापती सन्तोष केसिले नेकपा सरकार भ्रष्टाचार, बलात्कार र कान्डैकान्डको सरकार भएको बताएका छ्न। लोकप्रिय मत ल्याएर बहुमतको सरकार नेकपाले बनाएतापनी सम्हाल्न नसकेर पार्टीनै फुटको संघारमा आएको बताए। कांग्रेस र जनताको सम्बन्ध लामो रहेकाले जनता र देशको निम्ति  अब कांग्रेस अगाडि बढ्ने बिश्वास ब्यक्त गरे। 

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एबम छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष सीता केसिले नब प्रवेशि हरुलाई स्वागत गर्दै ढुक्कले कांग्रेसको राजनितीमा लागेर गाउँ समाजका निम्ति लड्न अनुरोध गरेकी छन। कार्यक्रममा नेपाल तरुणदल वडा कार्यसमितिलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो।

उक्त कार्यक्रममा शारदा नगरपालिकाकि उपप्रमुख साबित्रा बस्नेत, मेघराज भन्डारी, बसन्त रिजाल, प्रेम बिष्ट, तेजबहादुर ( बादल), ओमकार केसि, उत्तर सुनार, लगाएतका नेताहरुले मन्तव्य राखेका थिए। कार्यक्रम अध्यक्षता चन्द्र बहादुर ओलिले गरेका थिए भने कार्यक्रमको संचालन रमेश शर्माले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top