होमपेज / राजनीति

सल्यान कांग्रेसको पार्टी सभापतिमा केसबहादुर बिष्टको उम्मेदवारी घोषणा

  नबिन पौडेल २०७७ आश्विन १९ गते सोमबार १५:३९:३४   १४९२० पटक हेरिएको

१९ असोज, सल्यान :
आसन्न नेपाली कांग्रेसको जिल्ला अधिबेशनमा केसबहादुर बिष्टले सल्यान जिल्ला सभापति पदमा उम्मेद्बारी दिने घोषणा गरेका छन। सामजिक संजाल फेसबुकमा सोमबार स्टाटस लेख्दै बिष्टले उम्मेदवारी घोषणा गरेका हुन।

२०४१ सालमा नेपाल ल क्याम्पसबाट नेपाल विद्यार्थी संघको इकाई सदस्यबाट राजनिती सुरु गरेका बिष्ट हाल पार्टीको महासमिती सदस्य हुन।पार्टीको १३ औ महाधिवेशनमा उनी जिल्ला सभापतिको प्रमुख प्रत्यासी बनेका थिए। हालका पार्टी सभापती गणेश चन्द सग बिस्ट झिनो मतले पराजित भएका थिए। पार्टीमा बिष्ट लोकप्रिय मानिन्छन। उनी पार्टीका र आम जनता संग भिजेको र परिपक्व नेताका रुपमा चिनिन्छन। सहयोगी र आशालाग्दा नेताको रुपमा परिचित बिष्ट हाल जिल्ला समन्वय समिती सल्यानको प्रमुख समेत हुन।

बिष्ट नेपाल शिक्षक संघको २०४७ सालमा संस्थापक सदस्य बनेका थिए। त्यसपछी २०४८ सालमा शिक्षक संघको केन्द्रीय प्रतिनिधि, २०५० देखि २०५३ सम्म शिक्षक संघ जिल्ला कार्यसमितिको सचिब समेत बनेका थिए। २०५७ मा नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष बनेका बिष्टले २०६१ सालमा शिक्षक संघबाट राजिनामा दिदै पार्टिको क्षेत्रीय सभापती बनेका हुन। पार्टीको १२ औ महाधिवेशनबाट उनी उपसभापति बनेका हुन ।

३६ बर्षदेखि राजनितिमा सकृय र विभिन्न पदमा रहि बिस्टको पार्टिमा महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्ने गरिन्छ। कोभिड १९ को अबस्था सुधार हुनासाथ छलफल र भेटघाटमा सहभागी हुने बिष्टले बताएका छन। सम्पुर्ण नेता तथा कार्यकर्ताको माग अनुसार आफुले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top