होमपेज / राजनीति

प्रधानमन्त्री ओलिका प्रमुख आर्थिक सल्लाहकारमा पुर्ब मन्त्री युवराज खतिवडा नियुक्त, मन्त्री सरह सुबिधा पाउने

  तिखो खबर २०७७ भाद्र ३० गते मंगलबार १९:३०:१३   ८८० पटक हेरिएको

३० भदौ, काठमाडौ :
सरकारले पूर्व अर्थ मन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी उनलाई सल्लाहकार नियुक्त गरिएको हो । खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top