होमपेज / राजनीति

प्रकाश ज्वाला र गुलाबजंग शाहको गृृह नगर बनगाडका १ सय ५१ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

  नबिन पौडेल २०७७ श्रावण १४ गते बुधबार २०:३४:४१   १९४१० पटक हेरिएको

१४ साउन, सल्यान :
नेकपा परित्याग गरि सल्यानमा १ सय ५१ जनाले कांग्रेसमा प्रबेस गरेका छन।जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका विभिन्न वडाका  नेकपा नेता तथा कार्यकर्ता हरु नेपाली कांग्रेसमा प्रबेस गरेका हुन।

सल्ली बजारमा बुधबार सम्पन्न बृहत भेलामा नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, महासमिति सदस्य धुर्बराज पुरी, केस बहादुर बिष्ट, एकराज डाङी, निम बहादुर वलि, गोरख केसि,दिपेन्द्र बिष्ट, शुरेस अधिकारी, बिजय बस्नेत लगाएतका नेताहरुले नब प्रबेसी हरुलाई सदस्यता बितरण गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य लोकराज आचार्यले बताएका छन।

उक्त नगरपालिका नेकपाका नेता कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सभा सदस्य गुलाफ जंग शाह,नेकपा जिल्ला अध्यक्ष गोबिन्द पुन, नेकपा सल्यानका सचीव  कर्ण बहादुर बुढाथोकी ( छहारी) को गृह नगर हो। नेकपाका हस्ती हरुको नगरमा नेकपाका कार्यकर्ता हरु कांग्रेसमा प्रबेस गरेपछी नेकपा नेताहरुको आलोचना सुरु भएको छ। नेकपाका शक्तिशाली नेताहरुको नगरमा कांग्रेस प्रतिको आकर्षणले नेकपा भित्र नेकपा कमजोर अबस्थामा देखिन थालेको छ। 

उक्त नगरमा गत स्थानिय तह निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेस बिच नगर प्रमुख र उप प्रमुखमा गठबन्धन भएको थियो। गठबन्धन बाट नेकपा सल्यानका अध्यक्ष गोबिन्द पुन प्रमुखमा निर्वाचित भए भने कांग्रेसका तर्फबाट् उपप्रमुखको उम्मेदवार बनेका दिपेन्द्र बिष्ट पराजित भए।तत्कालिन एमालेले कांग्रेसलाई धोका दिएको कांग्रेसले अहिलेसम्म आरोप लगाउदै आएको छ। 

नेकपाले जनतालाई झुक्याएर बेइमान राजनिती गरेको भन्दै उक्त संख्यामा नेकपा परित्याग गरि कांग्रेसमा प्रबेस गरेको नब प्रबेसि हरुले बताएका छन। आफ्नो ब्यक्तिगत कामलाई बढी महत्त्व गर्दै पार्टीको नाममा जनतालाई खेलौना बनाएका कारण आफुहरुले नेकपा परित्याग गरेको नब प्रबेसी हरुले बताएका छन। उहाहरु हाम्रा कारणले नेता हुनुभो, मन्त्री हुनुभो, मेयर हुनुभो, तर हामिले सामान्य बिकास सम्म पायनौ दुख लागेको छ" उनिहरुले भने । आफ्नो नाताबाद र आसेपासेमा उहाहरु केन्द्रित हुनुभो हामिलाई पीडा भयो त्यसैले कांग्रेसमा प्रबेस गरियो उनिहरुले भने ।

कार्यक्रमका प्रमुख अतिथी डिल्लीराज रेग्मिले जनताको अहिलेको आबश्यकतानै नेपाली कांग्रेस भएको धारणा राखेका छन। नेकपाको दम्भको कारण जनता आजित भएका कारण कांग्रेस प्रवेश गर्नेको लहर बढेको उनले बताए।दिनप्रतिदिन नेकपा नेताहरुको गलत हर्कतका कारण कांग्रेसलाई जनता सम्म जान सहज भएको टिप्पणी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top