होमपेज / राजनीति

तरुणदल कालिमाटी गाउँपालिकाको अध्यक्षमा गगन सिंंह कँवर निर्वाचित

  तिखो खबर खबर डेस्क २०७७ श्रावण १० गते शनिबार १६:१७:१९   २००० पटक हेरिएको

१० साउन, सल्यान :
सल्यानको कालिमाटी गाउँपालिकामा नेपाल तरुण दलको गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।शुक्रबार ११ सदस्यीय नया कार्यसमिति चयन गर्दै गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको हो । यस सँगै जिल्लाका १० वटै स्थानीय तहहरुमा तरुण दलको संगठन विस्तार भएको छ । यसअघि अन्य स्थानीय तहमा संगठन निर्माण भैसकेको छ।

शुक्रबार कालिमाटी गाउँपालिकामा सम्पन्न भएको तरुण दलको अधिवेशनबाट गगन सिंह कँवरको अध्यक्षतामा ११ सदस्यीय गाउँकार्य समिति निर्बिरोध गठन गरिएको छ । नवगठित कार्यसमितिमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, सचिव मेघराज के.सी, सहसचिव ओम प्रकाश खत्री र कोषाध्यक्ष प्रतिमा के.सी रहेका छन् । यस्तै सदस्य हरुमस सेवक रावत, भुपेन्द्र पुन, तेज बहादुर खत्री, मेघ बहादुर थापा, डिल बहादुर सुवेदी, र टंक बहादुर घर्ती रहेका छन् । 

तरुणदल सल्यानका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्व सम्मत रुपमा कार्यसमिति गठन भएको बताईएको छ ।  जिल्ला समन्वय प्रमुख केश बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तरुण दल सल्यानका कार्यवाहक अध्यक्ष सविन हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्ण बहादुर खत्री, गणेश केसि, देबिसरा केसि,कमला अधिकारी लगाएतकाले मन्तव्य राखेका थिए।

सरकारले घोषणा गरेको लकडाउनको कारण स्थगित रहेको संगठन विस्तार अभियानलाई सल्यान तरुणदलले लकडाउन खुल्न वित्तिकै पूर्णता दिएको छ । पालिका स्तरिय अधिबेशन सकाएको तरुणदलले अब वडा स्तरिय अधिबेशन गर्ने भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top