होमपेज / प्रबिधि
प्रयोगकर्ताहरुको इमेल अकाउन्ट स्क्यान गरेर अमेरिकी सरकारलाई उपलब्ध गराएको तथ्य सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले प्रकाशित गरेको एक रिपोर्टअनुसार गतवर्ष याहुले एक विशेष सफ्टवेयर नै बनाएर अमेरिकी सरकारको आग्रहको पालना गरेको बीबीसीले बताएको छ ।
बीबीसीलाई प्रेसित गरेको एक डकुमेन्टमा याहुले आफ्नो कम्पनी कानुन पालना गर्ने कम्पनी भएकोले अमेरिकाको कानुनअनुसार त्यस्तो काम गरेको प्रष्टिकरण दिएको छ ।
यस्तो तथ्य याहुले आफ्ना पचास लाख प्रयोगकर्ताहरुको विवरण ह्याकरहरुले चोरेको बताएको १५ दिन पछि सार्वजनिक भएको हो । अमेरिकाको भेरिजोन कम्युनिकेसन्ले ४.८ बिलियन डलर तिरेर किनेको याहु कम्पनीको स्वमित्व हस्तान्तरणको चरणमा छ । भेरिजोन कम्युनिकेसन्ले भने यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।