होमपेज / प्रबिधि

सल्यानमा बहुप्राबिधिक शिक्षालय निर्माण हुने

तिखो खबर २०७६ मंसिर १६ गते सोमबार ०९:२०:४८ मा प्रकाशित     ११२ पटक हेरिएको

 १६ मंसिर सल्यान :
सल्यानमा बहुप्राबिधिक शिक्षालय निर्माण हुने भएको छ । 

२००८ सालमा स्थापना भएको जिल्लाको पुरानो बिद्यालय त्रिभुवन जन नमुना माद्यामिक बिद्यालय खलंगा लुहापिङलाई बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गरिने भएको हो । 

अहिले प्राबिधिक धारको पढाई सञ्चालन गरेको यस बिद्यालयमा प्रदेश स्तरीय बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गर्न लागिएको बताएको छ।

जसको लागी करिब एक करोड रुपैँया बिनियोजन गरिएको सल्यान प्रदेशसभा क का सांसद गुलावजंग शाहले जानकारी दिए।आईतबार त्रिभुवन जन नमुना माद्यामिक बिद्यालय लुहापिङको प्रांगनमा आयोजित स्वागत तथा शैक्षिक भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

प्राबिधिक धारमा पठनपाठन गरिरहेको उक्त बिद्यालयलाई बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गर्न लागिएको छ, यसको लागी प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्न रु. १ करोड बिनियोजन गरेको छ, छिट्टै भौतिक भूर्वाधार निर्माणको काम शुरु हुन्छ उनले भने । 

उनले जिल्लामा प्राबिधिक धारको पढाई हुने बिद्यालय नहुदाँ बिगतमा बिध्यार्थिहरु अनेत्र जिल्ला जाने गरेको स्मरण गर्दै अबका दिनमा त्यो समस्याको समाधान हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top