होमपेज / प्रबिधि

सुधारिएको चुलो बनाउन कपुरकोटमा प्राविधिक तालिम

तिखो खबर २०७६ असार १ गते आइतबार १५:२३:१५ मा प्रकाशित     १८० पटक हेरिएको


सल्यान १ असार :

सल्यानको कपुरकोटमा सुधारिएको चुलो बनाउन प्राविधिक तालिम सुरु गरिएको छ । आइतबारदेखि ४ वटा वडाका २० जना युवायुवतीलाइ पाँच दिने तालिम शुरु भएको हो । गाउँपालिकालाइ नै धुँवामुक्त बनाउने उद्देश्यका साथ कपुरकोट गाउँपालिकाको आयोजनामा यस प्रकारको तालिम सुरु गरिएको जनाइएको छ । तालिममा वडा नम्बर १, २, ३ र ४ बाट पाँच पाँच जना सहभागी रहेका छन् ।

सुधारिएको चुलो निर्माण तथा प्रवद्र्धन तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले धुवा कम निस्कने, दाउरा कम लाग्ने र छिटो पाक्ने जस्ता फाइदा हुने भएकाले सुधारिएको चुलो प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले धुवाँमा बसेर खाना पकाउनु पर्दा छाती दुख्ने, खोकी लाग्ने तथा आँखा पोल्ने जस्ता स्वास्थ्य समस्याबाट अहिले पनि धेरै महिलाहरु बढि प्रभावित रहेको जनाउँदै धुँवाबाट मुक्त हुनुपर्ने बताइन् । 

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर राना, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले बोल्दै सुधारिएको चुलोको महत्वबारे बुझाउन, र प्रयोग गर्नका लागी प्रेरित गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । 
‘सफा भान्सा धुँवारहित चुलो, हाम्रो स्वास्थ्य सबैभन्दा ठूलो’ भन्ने नाराको साथ सुरु भएको तालिममा भिमा बुढाथोकीले चुलो बनाउने प्रविधि सिकाइरहेकी छिन् । सहभागीहरुले प्रविधि सिकेपश्चात आफ्नो घरमा पनि सुधारिएको चुलो बनाउने र गाउँमा चुलो प्रवद्र्धन गर्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top