होमपेज / प्रबिधि

सल्यानको कपुरकोट गाउँपालिकाले नेपालमै पहिलो कृषि मोवाइल एप्सको सुरुवात गर्याे

तिखो खबर २०७५ माघ ७ गते सोमबार १७:०३:५४ मा प्रकाशित     २५१ पटक हेरिएको

माघ ७, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषि संग सम्बन्धीत मोवायल एप्स अन्य निकायले ल्याएको भएपनि स्थानीय तहहरु मध्ये नेपालमै पहिलो पटक कपुरकोट गाउँपालिकाले यस प्रकारको एप्स बनाएर सार्वजनीक गरेको दाबी गरे ।

‘कृषि कपुरकोट’ नामक मोवायल एप्लीकेशन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारी प्राप्त गर्न सक्ने छन् । किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा मार्फत घरमै बसि बसि विविध जानकारि लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरण समेत एप्समा उपलव्ध रहेका छन् ।

‘किसानले आफ्ना समस्या मोवायल एप्सबाटै कृषि विज्ञलाइ च्याट मार्फत राख्न तथा फोन गरेर सोध्न सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भने, ‘कपुरकोट क्षेत्रको कृषिलाइ माथी उठाउन एप्लीकेशनले ठूलो सहयोग पुर्याउने हाम्रो अपेक्षा छ ।’ विशेष गरि कपुरकोट ताजा तरकारि र फलफुल खेतीका लागी ख्याति कमाएकाले किसानलाइ नयाँ नयाँ प्रविधिबारे जानकारि गराउन र खेती गर्दा आइपर्ने समस्यालाइ तत्काल समाधान गरि घाटा हुन नदिन एप्सलाइ उपयोग गर्नुपर्ने धारणा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top