होमपेज / प्रवास/अन्तर्रास्ट्रिय

नरेन्द्र मोदि फेरि प्रधानमन्त्री बन्ने संकेत।

तिखो खबर २०७६ जेठ ६ गते सोमबार १०:३१:४९ मा प्रकाशित     २९७ पटक हेरिएको

एजेन्सी : भारतमा सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् ।सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २८० देखि ३०० सिट जित्ने अनुमान गरेका छन् ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चितजस्तै देखिएको छ ।भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन युपीएले करिब १४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ । मतगणना भने आगामी बिहीबारबाट हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top