होमपेज / राजनीति

तरुणदल कुमाखको अध्यक्षमा प्रेम प्रकाश चन्द निर्वाचित

  तिखो खबर २०७६ चैत्र ६ गते बिहीबार ११:०५:४९   १००१० पटक हेरिएको

६ चैत्र सल्यान :
नेपाल तरुणदल कुमाख गाउँकार्य समिती सल्यानको अध्यक्षमा प्रेम प्रकाश चन्द निर्वाचित भएका छन।कुमाख गाउँकार्य समितीको पहिलो अधिबेशनबाट चन्द निर्बिरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन।

नेपाल तरुनदल सल्यानले संगठन बिस्तारको कार्यलाई दिएको तिब्रता सङै आईतवार जिल्लाको कुमाख गाउँपालिकाको रागेचौरमा पालिका स्थरिय अधिबेशन गर्दै चन्दको अध्यक्षतामा निर्विरोध ११  सदस्यीय गाउँकार्य समिति बिस्तार गरिएको तरुण दल सल्यानले जनाएको छ।

नेपाल तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा सम्पन्न 
अधिबेशनबाट कार्यसमितिको उपाध्यक्षमा इन्द्र बुढाथोकी, सचिव विनोद बुढा क्षेत्री र कविराज पुन, सहचिव हरि बहादुर बिस्ट र कोषाध्यक्षमा शेर बहादुर खत्री सर्वसम्मत चयन भएका छन । यसै गरि सदस्य हरुमा विनोद सुनार, रोबिन केसी, टेक बहादुर रावत, यज्ञ बहादुर बुढाथोकी र दिपेश शाही चयन भएका छन । चैत्र महिना भित्र गाउपालिकाका सबैव वडाहरुमा समेत वडा समिती गठन गर्ने निर्णय भएको तरुणदल सल्यानका कोषाध्यक्ष सुवास बस्नेतले बताएका छन।

अधिबेशनको उद्द्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती सल्यानका प्रमुख केसबहादुर बिष्टले राजा,पंचाएत सङ नडराएको कांग्रेस कम्युनिस्ट हरुसङ नडराउने बताएका छन।कांग्रेसले जनतालाई परेको अन्यायका विरुद्ध सधै लड्ने बिचार ब्यक्त गरे।भोलीको कांग्रेसको नेतृत्व गर्ने भनेको तरुण युबाहरुले गर्ने भएकाले जनताका एजेन्डा हरुलाई प्रभाबकारी उठाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिले तरुण बलियो हुनुनै नेपाली कांग्रेस बलियो हुने धारणा राखेका थिए।
अहिलेका तरुण शक्तीनै भोलिका नेतृत्वकर्ता भएको बताए।छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष र नेपाली कांग्रेसको क्षेत्रीय सभापती समेत रहेका केसिलेले अन्य पार्टीसङ पछाडि सर्नेबेला नभएको भन्दै बिपिको समाजबाटलाई पछ्याउँदै एक ढिक्का भएर लाग्न आग्रह गरेका छन। 

कार्यक्रममा नेपाली कांग्रेसका नेता एकराज डाङी,क्षेत्रीय सभापती गोरख बहादुर खत्री,जिल्ला कार्यसमिति सदस्य धन बहादुर हमाल,इन्द्रराज शर्मा,सबिन हमाल लगाएतकाले मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन ईस्वरी शाहिले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top