होमपेज / राजनीति

सल्यान तरुणदल संगठन निर्माणमा,शारदा नगरपालिका तिनमा वडा कार्यसमिति बिस्तार

  तिखो खबर २०७६ माघ ७ गते मंगलबार १६:०५:११   १२३२० पटक हेरिएको

किर्ती बहादुर वलि / ७ माघ सल्यान :
नेपाल तरुणदल सल्यान संगठन बिस्तारमा जुटेको छ।तरुणदललाई मजबुत बनाउने उद्देश्यले संगठन बिस्तार अभियानलाई तिब्रता दिएको बताएको छ।तरुणदल नेपाली कांग्रेसको प्रमुख भात्री संस्था हो।

संगठन बिस्तारकै क्रममा जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ मा मंगलबार एक कार्यक्रमका बिच तरुणदल वडा कार्यसमिति गठन गरिएको छ।नेपाल तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिको प्रमुख आतिथ्यतामा गणेश सेजवालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

जसको उपाध्यक्षमा लक्ष्मन खड्का,सचिबमा सुसान्त भन्डारी,सहसचिवमा मिन सेजवाल,कोषाध्यक्षमा रोसन सेजवाल चयन भएकाछन।कार्यसमितिको सदस्यमा नरेन्द्र डाङी,सुशील भन्डारी,राम बहादुर सेजवाल,राम बहादुर केसि,ज्ञान बहादुर सेजवाल,बिराज बिस्ट,सन्तोष बिस्ट,दिलिप सेजवाल,दिपेस सेजवाल,डिल्ली बहादुर केसि,प्रकाश भन्डारी र जितेन्द्र बिस्ट रहेका छन।

कार्यक्रमका प्रमुख अतिथि तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिले तरुण शक्ति आजको आबस्यकता भएको बताएका छन।"तरुणदल" नेपाली कांग्रेसको मेरुदण्ड रहेकाले तरुण बलियो भयोभने मात्रै पार्टी बलियो हुने बिचार ब्यक्त गरे।

नेपाली कांग्रेसका प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापती समेत रहेका केसिले नया कार्यसमितीलाई बधाई दिदै तरुणदल सामाजिक कार्य र जनाताका हरेक आबस्यकताका निम्ति सधै संघर्ष गरिरहने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top