होमपेज / पत्रपत्रिकाबाट

दाङको घोराही देखि –स्वर्गद्वारी सम्म केबुलकार सञ्चालनको तयारी 

  तिखो खबर २०७५ चैत्र १७ गते आइतबार १०:२९:४८   ६७८०० पटक हेरिएको

दाङको घोराहीबाट प्यूठानको स्वर्गद्वारीसम्म केबुलकार सेवा सञ्चालनका लागि तयारी थालिएको छ । चार वर्षमा सञ्चालन गर्ने गरी अहिले डिपिआरको काम सुरु गरिएको छ । प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा रहेको प्यूठानको स्वर्गद्वारीसम्म पुग्ने गरी निजी क्षेत्रको लगानीमा केबुलकार सञ्चालन गर्न डिपिआर सुरु गरिएको हो ।

तीन वर्षको विशेष अध्ययन गरेर ६ महिना अघिदेखि डिपिआरको काम सुरु भइसकेको र अबको ६ महिनामा डिपिआर पूरा हुने घोराही स्वर्गद्वारी केबुलकार प्रालिका माधव घिमिरेले जानकारी दिए ।

काठमाडौँमा लगानी सम्मेलन चलिरहदा घोराही स्वर्गद्वारी केबुलकार सञ्चालनको तयारी भएको सार्वजनिक भएको हो । दाङको घोराहीदेखि स्वर्गद्वारीसम्म आठ किलोमिटर लामो केबुलकार रुट बनाउने गरी डिपिआर गरिएको घिमिरेले बताए ।

घोराही स्वर्गद्वारी केबुलकार प्रालि स्थापना गरेर निजी क्षेत्रबाट केबुलकार सञ्चालनको तयारी गरिएको उनको भनाई छ । त्यसका लागि आवश्यक जग्गाको समेत ब्यवस्थापन भइसकेको उनको भनाइ छ ।

साढे पाँच अर्बको लगानीमा केबुलकार सञ्चालन योजना गरिएको घिमिरेले बताए । स्थानीय युवाको लगानीमा यो योजना ल्याइएको छ । स्वर्गद्वारीलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं, उनले भने, सरकारले थालेको अभियानलाई पनि हाम्रो कार्यले सहयोग पु¥याउने अपेक्षा छ ।

काठमाडौँमा लगानी सम्मेलन चलिरहदा घोराही–स्वर्गद्वारी केबुलकार सञ्चालनको तयारी भएको सार्वजनिक भएको हो ।
अहिलेसम्म संस्था दर्ता गर्ने, सिफारिस लिने, जग्गा खरिद गर्ने, लिजमा लिने काम सकिएको छ । अब फाइनल डिपिआर बनाउने काम हुँदैछ । यो ६ महिनामा पूरा हुन्छ त्यसपछि पूर्वाधार निर्माणको काममा जान्छौँ ।

‘चार बर्षमा घोराहीबाट स्वर्गद्वारी केबुलकार चढेर जान मिल्ने गरी काम अघि बढाइरहेका छौँ’ उनले भने, घोराहीदेखि स्वर्गद्वारीसम्म चारवटा स्टेशन हुने छन् । मध्य भागमा विश्राम केन्द्रको ब्यवस्था गरिने छ, पर्यटकीय स्थल पनि बीच–बीचमा बनाउँछौ ।

२७ वटा पोलमा केबुलकार अडिने छ । एउटा डिब्वामा ६ जना अटाउने छन् । बीचमा र अन्तिम विन्दुमा फनपार्क, रमणीय र पर्यटकीय स्थल निर्माण गरिनेछ ।

केबुलकार बनेर सञ्चालनमा आए स्वर्गद्वारी पुग्न तीर्थयात्रुहरुलाई जोखिम मोलेर गाडीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ । अहिले दुईवटा रुटबाट स्वर्गद्वारी पुग्न सकिन्छ । भालुवाङबाट भिग्री हुँदै घोराहीबाट रोल्पाको होलेरी हँुदै स्वर्गद्वारी पुग्न सकिन्छ ।

गाडीको यात्रामा कम्तिमा चार÷पाँच घण्टा लाग्छ । केबुलकार सञ्चालनमा आए २० मिनेटमा स्वर्गद्वारी पुग्न सकिने छ । पूर्वाधार निर्माण दुई वर्षमा र सञ्चालनमा चार वर्षमा गर्ने तयारी प्रालिले गरेको छ । केबुलकार सञ्चालन भए सबै भन्दा बढी तीर्थालुहरु लाभाम्वित हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top