होमपेज / राजनीति

गाजालाई कानुनी मान्यता दिन साम्सद खतिवडाको माग

तिखो खबर २०७५ फाल्गुण ८ गते बुधबार १९:४७:०० मा प्रकाशित     ५०१ पटक हेरिएको

फागुन, काठमाडौं ।

सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् ।बुधबार संसदको बैठकमा बोल्दै उनले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरेका छन।

अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?

जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए । नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top