होमपेज / पत्रपत्रिकाबाट

दाङमा निषेधाज्ञा खुकुलो

  नबिन पौडेल २०७७ भाद्र २९ गते सोमबार ०७:३२:४१   १८०० पटक हेरिएको

२९ भदौ, दाङ :
कारोना रोकथामका लागि गरिएको दाङमा जारी आंशिक निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जिल्ला जारी आंशिक लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकले सोमबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यापार, व्यवसाय सञ्चालनमा खुला गर्ने, सार्वजनिक सवारी साधनहरू पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । रातिको समयमा भने पूर्णरूपमा लकडाउन गरिने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि जिल्लामा भदौ १५ गतेदेखि पूर्णरूपमा लकडाउन गरिएको थियो ।

एकसाताको पूर्णरूपमा लकडाउन गरेपछि भदौ २८ गते आजसम्मका लागि आंशीक लकडाउन गरेको थियो । दैनिक बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म बजार सञ्चालन हुँदै आएकोमा जारी आंशीक लकडाउनलाई खुकुलो बनाएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

जिल्लामा सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने र व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय गरिएको प्रजिअ रिजालले जानकारी दिए । लकडाउन खुकुलो पारिए पनि गोष्ठी, सभा, सम्मेलन, जुलुस, महोत्वस, जात्रा र कुनै पनि किसिमका भिडभाड हुने क्रियाकलापमा पूर्णरूपमा रोक लगाइएको छ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरूको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रूपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैले प्रबन्ध गर्नुपर्ने छ । दिउँसोको समयमा लकडाउन खुकुलो भएपनि रातिको समयमा पूर्णरूपमा बन्द हुने प्रजिअ रिजालले बताए ।

प्रदेश टुडे दैनिक बाट..

प्रतिक्रिया

सम्बन्धित खवर

Top