होमपेज / राजनीति

तरुणदल बनगाड कुपिन्डे नगरपालिका सल्यानको नगर सभापतिमा बिजय बस्नेत निर्वाचीत

  नबिन पौडेल २०७७ श्रावण ९ गते शुक्रबार १०:५०:२८   ६२५० पटक हेरिएको

९ साउन, सल्यान : 
नेपाल तरुणदल बनगाड कुपिन्डे नगरकार्य समिती सल्यानको अध्यक्षमा बिजय बस्नेत निर्वाचित भएका छन। बनगाड कुपिन्डे नगरकार्य  समितीको पहिलो अधिबेशनबाट बस्नेत निर्बिरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन।कोरोना भाइरसका कारण स्थगित संगठन बिस्तारको कार्य सुरुगर्दै बिहिबार जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाको  सल्ली बजारमा नगर स्तरिय अधिबेशन गर्दै बस्नेतको अध्यक्षतामा निर्विरोध १२ सदस्यीय नगरकार्य समिति बिस्तार गरिएको तरुण दल सल्यानले जनाएको छ।

नेपाल तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा सम्पन्न 
अधिबेशनबाट कार्यसमितिमा ११ जना सदस्य चयन भएका छन । उक्त सदस्य हरुबाट तत्काल पदाधिकारी चयन गरिने बताएको छ।
जसको सदस्यमा जय कृष्ण शर्मा, दिपक बिष्ट, डम्बर वलि, यज्ञजंग शाह, राम बहादुर रावत, राजु बिसि, सुसन केसि, नारायण बुढा, सुशील सोनि, भरत मगर, सन्तोष नेपाली, अम्मर बोहरा र ज्योतिलाल बुढा चयन भएको तरुणदलका महाधिवेशन प्रतिनिधि आनन्द श्रेष्ठले बताएका छन।अधिबेशनले साउन मसान्तसम्म वडा कार्यसमिति बिस्तार गरिसक्ने निर्णय गरेको उनले बताए।

अधिबेशनको उद्द्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती सल्यानका प्रमुख केसबहादुर बिष्टले नेपाली कांग्रेसको सरकार नभएतापनी कसैसँग नडराउन आग्रह गरेका छन।कांग्रेस अहिले प्रतिपक्षमा भएतापनी रचनात्मक ढङ्गले सरकारलाई झक्झकाएरहने बताए।चाहे सडक होस चाहे सदन होस कांग्रेसले जनताका निम्ति आवाज उठाउने उनले बताए।भोलीको कांग्रेसको नेतृत्व गर्ने भनेको अहिलेको तरुण युबाहरुले गर्ने भएकाले जनताकाकाम हरुमा लाग्नुपर्नेमा जोड दिए।कांग्रेस सल्यानलाई मजबुत बनाउन अब आउने अधिबेशनले सक्षम नेतृत्व चयन गर्नेमा आफू ढुक्क रहेको उनले बताए।

कार्यक्रममा बोल्दै तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिले अबको आबस्यकतानै तरुण शक्ति भएको धारणा राखे।भोलीको कांग्रेसको नेतृत्व गर्ने भनेकै अहिलेको तरुण युवा भएकाले क्रीयासिल भएर लाग्नुपर्नेमा जोड दिए।नेपाली कांग्रेसका क्षेत्रीय सभापती एबम छत्रेश्वरि गाउपालिका अध्यक्ष समेत रहेका केसिले कांग्रेस सरकारमा छैन भन्दैमा नेकपाले दम्भ देखाउने कार्य बन्द नगरे प्रतिकार गर्ने धम्की दिए।
जनता सबैका र समान हुन त्यसैले जनताका हरेक समस्या समाधान गर्न आफू तल्लिन रहेको भन्दै नेकपाको दम्भ धेरैदिन नटेक्ने दाबी समेत गरेका छन। अध्यक्ष केसिले कांग्रेस र जनताले युबा शक्ति खोजेको भन्दै अबको नेतृत्व युवाको काधमा आउने बिश्वास ब्यक्त गरे।

अधिबेशनमै गत स्थानिय तह निर्वाचनमा बनगाड कुपिन्डे नगरपालिकाको वडा नम्बर ६ बाट निर्वाचित वडा अध्यक्ष पुरुस्त्तोम आचार्यलाई सम्मान गरिएको थियो। सम्मान ग्रहन गर्दै अध्यक्ष आचार्यले
जनताले जनप्रतिनिधि बनाइसकेपछी जनता र कांग्रेसका काम प्राथमिकतामा राखेर गरिने बताए। अधिबेशनकै क्रममा उक्त नगरपालिकाका ५ वटा वडालाई पार्टीको नया क्रियासिल सदस्यता र नवीकरण फारम हस्ताक्षर समेत गरिएको थियो।

नेपाल तरुणदल सल्यानका कार्यबाहक अध्यक्ष सबिन हमालको स्वागत मन्तव्यबाट सुरु भएको अधिबेशनमा पुरुस्त्तोम आचार्य, सुनेन्द्र खड्का, टोप बहादुर भन्डारी, मेघलाल पुन, दुर्गा खड्का, दिपेन्द्र बिष्ट, साबित्रा बस्नेत, प्रेम बहादुर डाङी लगाएतका नेताहरुले मन्तव्य राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top