होमपेज / स्थानीय

छत्रेश्वरि गाउँपालिका द्वारा ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा

  नबिन पौडेल २०७७ जेठ २२ गते बिहीबार १२:१९:३२   ५७८० पटक हेरिएको

२२ जेठ सल्यान :
सल्यानको छत्रेश्वरी गाउपालिकाले जेष्ठ नागरिक घरदैलो कार्यक्रम संचालन गरेको छ।८० बर्ष माथिका जेष्ठ नागरिकलाई उनको घरमै गएर उपचार तथा परामर्श कार्यक्रम संचालन गरिएको हो।

८० बर्ष माथीका जेष्ठ नागरिक हरुलाई विभिन्न रोगको संक्रमण हुने र हिडडुल गर्न समस्या हुने भएपछी उनिहरुको घरमै गएर उपचार गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छ्न।गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यक्रम अनुसार कार्यक्रम संचालन गरिएको उनले बताए।गाउँपालिकाका सातै वडामा संचालन गरिएको कार्यक्रमबाट ८७ जना जेष्ठ नागरिक हरुलाई सेवा दिइएको छ।वडा नम्बर एकमा २७,दुईमा ८,तिनमा ८,चारमा ८,पाँचमा १३,छ मा १५ र सातमा ८ जना जेष्ठ नागरिकलाई उपचार गरिएको अधिकृत खड्काले बताएका छन।

उपचार तथा परामर्श कार्यमा गाउँपालिकाले सन्बन्धित वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी हरुलाई खटाएको थियो।जेष्ठ नागरिक हरुको घरमा पुगेका स्वास्थ्यकर्मी हरुले उनिहरुको स्वास्थ्य चेकजाँच, परामर्श र औषधिसमेत बितरण गरेको गाउँ स्वास्थ्य शाखा प्रमुख केशरी देवि भट्टराईले बटाएको छिन।उनका अनुसार जेष्ठ नागरिक हरुको रोगको पहिचान गरि आबस्यकता अनुसार विभिन्न १५ प्रकारका औषधि र भिटामिनहरु बितरण गरिएको हो।अहिले सम्म चेकजाँच गरिएका जेष्ठ नागरिक हरुको स्वास्थ्य अबस्था सामान्य रहेको बताएको छ।

उपचार गरिएका ८० बर्ष माथिका जेष्ठ नागरिकलाई खानपिनमा बिशेष ध्यान दिन स्वास्थ्यकर्मी हरुले सुझाव दिएका छन।उनिहरुलाई भिटामिन र पोषणयुक्त खानेकुराहरु खान सुझाव दिएको र धुम्रपान - मद्यपान नगर्न आग्रह गरेका समेत गरेका छन।स्वास्थ्यकर्मी हरुले रोगका बारेमा लामो परामर्श समेत दिएका छन।घरमै गएर स्वास्थ्य उपचार गर्दा जेष्ठ नागरिक हरुलाई धेरै सहज भएको र आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

घरमै स्वास्थ्य चेकजाँच तथा औषधि पाएपछी जेष्ठ नागरिकहरु खुशी भएका छन।हिडडुल गर्न तथा स्वास्थ्य संस्था सम्म जान समस्या भएको बेला आफुहरुलाई चेकजाँच गर्न घरमै स्वास्थ्यकर्मी आएको भन्दै उनिहरुले खुशी ब्यक्त गरेका हुन।आगामी दिनमा यसरिनै चेकजाँच गर्न जेष्ठ नागरिक हरुले सुझाब दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top