होमपेज / स्थानीय

राहत लिएर घरमै पुगेका वडा अध्यक्ष हमालले जब चामलका बोरा देखे

  आशिस केसी २०७७ जेठ ११ गते आइतबार १९:४६:५८   १९४९० पटक हेरिएको

११ जेठ,सल्यान :
लकडाउनका कारण समस्यामा परेका ज्यालादारी श्रमिक र विपन्न वर्गका नागरिकलाई स्थानीय सरकारले राहतका रुपमा खाद्यान्न तथा अत्यावश्यक वस्तु वितरण गरिरहेका छन्। शारदा नगरपालिका ले ज्यालादारी श्रमिक र विपन्न वर्गका नागरिकलाई दोस्रो चरणको राहत बितरणको सुरुवात गरेको छ। 

नगरपालिकाले १५ वटै वडामा राहत पठाएर केही वडाले तत्कालै राहत बितरण गरिसके छ्न । यस्तै शनिबार १२न. वडाले राहत बितरण गरेको थियो ।१२ नम्बर वडाले राहत बितरण सकेको भोलि पल्ट खानै नपाउनेले पनि राहत पाएन भन्ने गुनोसो आए पछि आइतबार वडा अध्यक्ष दिपक हमाल राहत लिएर पिडित भनिएका ब्यक्ति घरमा २५ केजि चामल,दाल,नुन,साबुन लिएर घरमै पुगेका थिए ।

घरमै पुगेर अध्यक्ष हमालले बुझ्दा करिब डेढ महिना सम्म पुग्ने खाद्यान्न रहेको जानकारी पाए । पीडित भनिएकी महिला २ महिना अघि मात्रै दिदिको घरमा बस्न आएको र स्वास्थ्य संस्थामा नभएर दिदिको घरमै सुत्केरी भएकि थिइन । ती महिला दिदिको घरमै बच्चा जन्मेकोले स्वास्थ्य संस्था बाट पनि उनिको नाम नभएर उनिको पहिचान नभएर वडा कार्यालय पनि अन्योलमा परेकोले वडा अध्यक्ष स्वयम राहत लिएर पुगेका थिए । 

दिदिको परिवार समेत ५ जना एउटै घरमा बस्ने भएकोले खाना त समस्या पछि पर्ला तर अहिले भोकै बस्नु पर्ने अबस्था नरहेको ती महिलाले बताइन उनिको अनुसार राहत पाइन्छ लिन जाउ भने पछि मात्रै वडामा गएको सुत्केरी महिलाकि दिदिले बताइन । घरमै लिएको राहत सामाग्री दिदै अध्यक्ष हमालले आफ्नो वडामा जो जहाँ बाट आएर बसे पनि कुनै पनि वडा बासीलाई भोकै बस्न नदिने र यदि गाउघरमा कसैलाई साझ र बिहान खान धौ धौ छ भने तत्काल जनप्रतिनिधि लाई खबर गर्न आग्रह गरे । 

उनीले पछिल्लो समयमा राहतमा पनि राजनीति गर्न खोजिएको भन्दै,यस्तो बिपतको घडिमा पनि राजनीति नगर्न आग्रह गरे। शारदा नगरपालिकाले दोस्रो चरणको राहत बितरण  सके पछि आगामी दिनमा राहत भन्दा गरिब र दैनिक मजदुरी गर्ने लाई   दैनिक गुजारा चलाउन सकिने गरि रोजगारी दिइने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top