होमपेज / स्थानीय

खैराबाङ,कुपिन्डेदह,छत्रेश्वरि लगाएतका प्रमुख पर्यटकिय स्थलहरुमा जान रोक

  तिखो खबर २०७६ चैत्र १० गते सोमबार १९:०६:०४   २८३० पटक हेरिएको

१० चैत्र सल्यान :
सल्यानका प्रमुख पर्यटकीय स्थलहरुमा जान र भेला हुन रोक लगाइएको छ । जिल्लाको खैराबाङ्ग, छत्रेश्वरी, कुपिण्डे लगाएतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अर्को निर्णय नभए सम्मको लागि जान र भेला हुन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

धार्मिक तथा पर्यटकिय स्थलहरुमा भिडभाड भयो भने जोखिम बढ्ने भन्दै यस्तो निर्णय गरिएको बताएको छ।चैते दशैलाग्न थालेपनी खैराबाङ मन्दिर सुनसान बनेको छ।

त्यस्तै जिल्ला भित्र चल्ने निजी तथा भाडाका गाडीहरुले प्रशासनबाट अनुमति लिएर मात्रै संचालन गर्न प्रहरीले आग्रह गरेको छ ।

एम्बुलेन्स, बारुण यन्त्र, सुरक्षाका सवारी, स्वास्थ सस्थाका सवारी, शव वाहन, तोकिएका सरकारी गाडी, दूध तथा तरकारी बोक्ने सवारी, मालबाहक सवारी, बाहेक अन्य सवारी (निजि वा भाडाका) गाडीले सल्यान जिल्ला भित्र मात्र चल्नको लागि पनि जिल्ला प्रशासनको अनुमती लिनुपर्ने जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख लक्ष्मण वलिले बताएका छन।

त्यसैगरी जिल्लामा भित्रीने र जिल्लाबाट बाहिरिने कुनैपनी यात्रुबाहक सवारी पुर्णरुपमा बन्द गरिएको प्रहरीको भनाइ छ । आज यात्रुहरु अलपत्र परेकाले केही गाडीलाई खुल्ला गरिएपनि भोलिदेखि पुर्णरुपमा बन्द हुने जिल्ला प्रहरीले जनाएको छ ।

रिजर्भ गरेर निजि सवारी चलाएमा सवारी नियन्त्रणमा लिई एम्बुलेन्सको रुपमा प्रयोग गरिने र मोटरसाइकल तथा अटोको लागि भने तोकिएको संख्यामा सवारी बोक्न पाउने जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top