होमपेज / स्थानीय

सल्यानमा भोलि शनिबार दिनभर बत्ती नहुने

  तिखो खबर २०७६ चैत्र ७ गते शुक्रबार १९:१२:२४   १४९० पटक हेरिएको

७ चैत्र सल्यान :
सल्यानमा भोली शनिबार दिनभर बत्ती नहुने भएको छ । बिद्युत लाइनको मर्मत कार्य गरिने भएकाले दिनभर बत्ती नहुने भएको हो।

दाङ्गको तुलसीपुर सबस्टेशन देखी सल्यानको शितलापटी सबस्टेशन सम्मको ३३ केभि लाईनको वरिपरी रहेका रुखका हाँगाबिंगा काट्नुपर्ने तथा लाईन मर्मत गर्नुपर्ने भएकाले भोली शनिवार बिहान ७ बजे देखी साँझ ६ वजेसम्म लाईन बन्द हुने बताएको छ।

शितलपाटी सबस्टेशनबाट प्रशारण भएको सम्पूर्ण लाईन दिनभरी नै बन्द रहने नेपाल बिद्युत प्राधिकरण सल्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top