होमपेज / स्थानीय

चट्याङ लागेर सल्यानमा २ वटा घरमा क्षति

  तिखो खबर २०७६ चैत्र २ गते आइतबार ०९:५४:३३   ८१८० पटक हेरिएको

२ चैत्र सल्यान :
शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षती भएको छ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर -२ मेलचौर निवासी धनिराम चलाउनेको घरमा चट्याङले क्षती पुर्याएको हो।

शनिबार राती साढे १० बजेको समयमा परेको चट्याङले चलाउनेका २ वटा घर र घरमा रहेका केहि सामानहरुमा क्षती पुर्याएको बताएको छ।

चट्याङलागेर घरको भुईतला जलेको छ।भुईतलाको एउटा कोठामा रहेको सोलार पुर्ण रुपमा जलेको छ भने केहि कपडा समेत जलेको बताएको छ।चट्याङका कारण मानवीय क्षती भने नभएको स्थानिय कांग्रेस नेता राजेस डाङीले बताएका छन।

चट्याङले घरको भित्ता समेत चर्किएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top