होमपेज / स्थानीय

सल्यानको न्यु स्टार युथक्लबको नया भबनको शिलान्यास सम्पन्न

  तिखो खबर २०७६ फाल्गुण २९ गते बिहीबार १०:५०:१३   २२७० पटक हेरिएको

२९ फागुन सल्यान :

सल्यानको शारदा नगरपालिका १५ स्यालेघारीमा रहेको न्यू स्टार युथ क्लब नेपालले आफ्नो कार्यालय भवन निर्माणको शिलान्यास गरेको छ ।

बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरी भवनको शिलान्यास गरिएको हो।क्लबका अध्यक्ष रण बहादुर बुढाको अध्यक्षतामा शुरु कार्यक्रम शारदा नगरपालिका १५ नम्बर वडाका अध्यक्ष हिमेन्द्रबाबू सेजवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

भवन निमार्णका लागी  प्रतिनिधि सभा सदस्य माननिय  टेक बहादुर बस्नेतले आर्थीक वर्ष ०७४/०७५ मा संसदीय विकास कोषबाट  क्लवलाई एक लाख रूपैया सहयोग गरेका थिए। त्यसैगरी शारदा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष हिमेन्द्रबाबु सेजवालले  आर्थिक वर्ष २०७६/ ०७७ मा वडा कार्यालयवाट  एक लाख पचास हजार रूपैया सहयोग गरेका थिए।भने केहि रकम क्लबले देउसी भैलो खेलेर संकलन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति वडा अध्यक्ष सेजवालले  क्लब संस्थागत हुनुपर्छ बिचार ब्यक्त गरेका छन। सुरुवातका चरणबाटै नमुना र योग्य कामको शुरूवात गरेको बताउँदै यो सुरूवाती चरणमा सानो सहयोग मात्र गरेको र आउदो वर्षमा यो भवन निर्माणको कार्य पुरा गर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

क्लबको भवन निर्माण कार्यमा सहयोग गर्ने वडा अध्यक्ष सेजवाल प्रतिनिधि सभा सदस्य माननिय टेक बहादुर बस्नेत लगाएत सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top