होमपेज / स्थानीय

छत्रेश्वरि गाउँपालिका र शारदा नगरपालिकामा बार्षिक परिक्षा फागुन २८ गतेदेखी हुने

  तिखो खबर २०७६ फाल्गुण २१ गते बुधबार २१:३३:२०   ३३३० पटक हेरिएको

२१ फागुन सल्यान :
शिक्षा मन्त्रालयको आग्रह सङ्गै सल्यानमा छत्रेश्वोरी गाउँपालिका र शारदा नगरपालिकाले कक्षा १ देखि ९ सम्मको परिक्षा चैत ५ गते सम्म सकिने गरि तयारी गरेका छन ।

छत्रेश्वोरी गाउपालिकाले फागुन २८ देखि परिक्षा सन्चालन गर्न विद्यालयहरुलाइ निर्देशन गरेको छ र यसै गरि शारदा नगरपालिकाले पनि कक्षा १ देखी ९ सम्मको परिक्षा यही फागुन २८ गते देखी सञ्चालन गर्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को खतराका कारण आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन आग्रह गरेको भन्दै  सोही अनुसार परिक्षा सञ्चालन गर्ने जनाएको छ ।

शिक्षा समितीको हालै सम्पन्न बैठकबाट फागुन २८ गते देखी चैत ५ गते सम्म सबै बिद्यालयहरुमा बार्षिक परिक्षा परिक्षा सम्पन्न गर्ने तयारी गरिएको बताइएको छ । छत्रेश्वोरिमा ४० वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयबाट विद्यार्थीहरुले परिक्षा दिदै छन र शारदा नगरपालिकामा ५७ वटा सामुदायिक बिद्यालय र १४ वटा संस्थागत बिद्यालय गरेर सबै ७१ वटा बिद्यालयमा परिक्षा सँगै सञ्चालन हुनेछ ।

यसै बिच शारदा नगरपालिका र छत्रेश्वरि गाउँपालिकाले बिद्यालय क्षेत्रमा गोष्ठी, छलफल, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । बिश्वभर कोरोना भाईरसको संक्रमण फैलिदैँ गएको सन्दर्भमा साबधानी स्वरुप कुनैपनि बिद्यालयमा त्यस्ता खालका कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top