होमपेज / स्थानीय

सुर्खेतमा जिप दुर्घटना : ३ जनाको मृत्यु

  तिखो खबर २०७६ फाल्गुण २१ गते बुधबार १४:०१:१३   २४६० पटक हेरिएको

२१ फागुन सुर्खेत :
 दैलेखको धरमपोखराबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका १५ स्थित राउटे गल्छीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

दुर्घटनाबाट चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नमस्ते सुर्खेत यातायात प्रालिको ०२–००१ ज ०००७ नम्वरको जीप रातानाङ्ला–धरमपोखरा सडकखण्ड अन्तरगत पर्ने राउटे गल्छी नजिकै सडकबाट चार सय मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवी रावलका अनुसार घटनास्थलमै दुई जना पुरुष र एक महिलाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। बिहान साढे नौ बजे भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top