होमपेज / स्थानीय

सल्यानमा मोटरसाइकल दुर्घटना हुदा रमेशको ज्यान गयो

  तिखो खबर २०७६ फाल्गुण १४ गते बुधबार १५:०६:३८   १५२०० पटक हेरिएको

१४ फागुन सल्यान :
मोटर साइकल दुर्घटनाम परि सल्यामा एक जनाको ज्यान गएको छ । जिल्लाको शिद्दकुमाख गाउँपालिका वडा नम्बर १ निवासी २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोख्लाबाट पटारे जाँदै गर्दा पटारेखोलमा सडकबाट करिब ६ मिटर तल खोलामा बाइक खसेको थियो । बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

रा ३ प ८८८८ नम्बर मोटर साइकलमा सवार बुढाथोकीको के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइ रहेको बताएको छ।

बुढाथोकी पटारेमा बन्नलागेको मोटरेबल पुलमा ठोल्कियको हुनसक्ने अनुमान गरिएको छ।पुल निर्माण हुनलागेको ठाउमा पुल निर्माण कम्पनीले कुनैपनि सूचना बोर्ड नराखेको भन्दै स्थानियहरुले बिरोध जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top